२९ भदौ २०८३, सोमबार | September 14, 2026

प्रो–क्लब च्याम्पियनसीप : मलेसियालाई हराउँदै रुपन्देही च्याम्पियन



बुटवल । भैरहवामा सम्पन्न प्रो–क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि रुपन्देही –११ टिमले चुमेको छ । शनिबार भएको फाईनल खेलमा मलेसिया–११ लाई सात विकेटले पराजित गर्दै रुपन्देही–११ ले उपाधि चुमेको हो । उपाधिसंग रुपन्देही नगद २ लाख ५० हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता मलेसिया नगद १ लाख, कप, प्रमाणपत्रमा चित्त बुझाएको छ ।

सिद्धार्थनगर क्रिकेट रंगशालामा भएको फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया–११ का ब्याट्सम्यानहरुले २० ओभरमा खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ४० रनको योगफल तयार पारेका थिए । मलेसियाको नर्जरिल रहमानले ३६ तथा जुबैदी जुलफुक्लेले २६ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । रुपन्देहीका बसिर अहम्मदले ३२ रन खर्चेर दुई तथा विक्रम भुसाल, बिशालबिक्रम केसी, कप्तान कृष्ण कार्की र रुपेश कुर्मीले एक–एक विकेट लिएका थिए । मध्यम लक्ष्य रुपन्देहीले १९ ओभरमा तीन विकेटको नोक्सानीमा पूरा गर्यो । रुपन्देहीको जितमा प्रज्वल थापाले सर्वाधिक ७१ रनको योगदान दिए । यस्तै सन्दिप रजाइली ४१ रनको योगदान दिएका थिए । मलेसियाको लागि शाहिद अजिज, मुहम्मद वकिफ र शार्भिन मुनियान्डीले एक एक विकेट लिए ।

फाईनल खेलमा रुपन्देही ११ का प्रज्वल थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए । प्रतियोगितामा रुपन्देही ११ का बसिर अहमद प्लेयर अफ द सिरिजबाट पुरस्कृत भए ।

चैत २५ देखि वैशाख ३ गतेसम्म नेपालमा पहिलोपटक आयोजना गरिएको टी–२० क्लब क्रिकेट प्रतियोगितामा नेपालका चार, भारतका दुई, मलेसिया र बंगलादेशका १–१ क्लब सहभागी थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  २ : ५७ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ