१४ असार २०८३, आइतबार | June 28, 2026

भुवनले जिते सुर्य नेपाल च्यालेन्जको उपाधि



काठमाडौं । नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी जयराम श्रेष्ठलाई चार स्ट्रोकले हराउँदै सुर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन ।

प्रतियोगिताको अन्तिम दिन २–अन्डर ६६ को स्कोरमा १३ अन्डर २ सय ५९ को नतिजामा उनले सिजनको दोस्रो उपाधि जितेका हुन । भुवनले पहिलो देखि लगातार चौथो होलमा बर्डी प्रहार गर्दै समग्रमा १५ अन्डरको स्थितिमा पुगेका थिए । जसले उनको उपाधि होडलाई सजिलो बनायो । यसपछि सातौ होलमा बोगी र आठौं होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३० मा सकाका थिए । १४ औ र १५ औ होलमा एक–एक सट खेर फाले पनि २–ओभर ३६ मा ब्याक नाइनको खेल पुरा गरेका थिए । यसरी १३ अन्डरको सानदार नतिजामा च्याम्पियन बने । यो सिजनको दोस्रो र करियरको दशौं उपाधि जितेका भुवनले एक लाख नगद पुरस्कार प्राप्त गरे गरे ।

अन्तिम दिन ६–अन्डर ६२ को दिनकै उत्कृष्ट स्कोर कार्डमा‌ समग्रमा ९–अन्डर २ सय ६३ सहित दोस्रो स्थान प्राप्त गर्न सफल भए। उनले सात बर्डी प्रहार गर्दा पाँचौ होलमा एक सट खेर फालेका थिए । २–ओभर ७० सहित समग्रमा ६–अन्डर २ सय ६६ सहित सञ्जय लामा तेस्रो भए । एमेच्योरतर्फ सुवाष तामाङले उपाधि जित्न सफल भए । उनले अन्तिम दिन १–ओभर ६९ सहित समग्रमा ५–अन्डर २ सय ६७ सहित उपाधि जित्न सफल भएका हुन्। समग्रमा उनी चौथो भए । ७२ होलको चार दिने प्रतियोगितामा ३८ प्रोफेसनल र २२ एमेच्योर गरी ६० खेलाडीको ‌सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : ०८ बजे

वामपन्थी एकताको समय आएको छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले