१ आश्विन २०८३, बिहिबार | September 17, 2026

सिटीको सानदार जित, टोटनहम रोकियो



काठमाडौं । फरवार्ड गाब्रियल जेससको ह्याट्रिकसहित चार गोल प्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डविरुद्ध ५-१ अन्तरको जित निकालेको छ ।

घरेलु मैदान इतिहादमा सिटीलाई सानदार जित दिलाउन ब्राजिलका फरवार्ड जेससले एक्लै चार गोल गरे भने अर्को एक गोल रोड्रीको नाममा रह्यो । वाटफोर्डका हसाने कामराले सान्त्वना गोल फर्काए ।

सुरुवातबाटै आक्रमण खेलमा ध्यान दिएको सिटीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।

जितसँगै सिटी ३३ खेलबाट ८० अंक सहित शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुल ४ अंकले पछि छ । पराजित वाट्फोर्ड २२ अंक जोडेर रेलिगेसन जोनमा छ ।

लिगकै अन्य खेलमा टोटनहम ब्रेन्टफोर्डसंग गोलरहित बराबरीमा रोकियो । आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३-१ अन्तरले पराजित गर्‍याे ।

अर्को खेलमा न्युक्यासलले नर्विचलाई ३-० अन्तरले पराजित गर्दै लेस्टर सिटी र एस्टन भिल्लाले गोल रहित बराबर खेले ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : १६ बजे

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा

तीन लाखमुनि ओर्लियो सुनको मूल्य, यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको