५ पुस २०८२, शनिबार | December 20, 2025

आइपिएल : मुम्बईको लगातार खराब प्रदर्शन जारी, आठौं हार



काठमाडौं । लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार आठौं खेलमा बेहोरेको छ ।

आइतबार मुम्बईमा पाँच पटकको च्याम्पियन मुम्बई पराजित भएसँगै प्ले अफको सम्भावना समेत लगभग सकिएको छ ।

जितका लागि १६९ रनको लक्ष्य पाएको मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै ३२ रनमा समेटियो ।

मुम्बईका रोहित शर्माले सर्वाधिक ३९ रन बनाए । यस्तै तिलक बर्माले ३८ रन बनाए ।
लखनऊका क्रुनाल पान्ड्याले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेेकाे थियाे ।

लखनऊका कप्तान लोकेश राहुलले सर्वाधिक १०३ रन बनाए । यस्तै मनिष पाण्डेले २२ रन बनाए ।

मुम्बईका काइरन पोलार्डले र राइली मेरिडीथले समान २ विकेट लिए ।

जितसंगै लखनऊ ८ खेलबाट ५ जित सहित १० अंक बनाएर चौथो स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ३५ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र