२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

२७ औं कालीगण्डकी युथ क्लब भलिबल प्रतियोगिताको उपाधी गल्याङ युवा क्लबलाई



पुर्तिघाट । कालीगण्डकी युथ क्लब पुर्तिघाट गुल्मीले
आयोजना गरेको साबिक वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी गल्याङ युवा क्लबले हात पारेको छ ।

क्लबले आफ्नो २७ औं वार्षिक उत्सबको अबसरमा आयोजना गरेको साबिक वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी गल्याङ युवा क्लबले सित्तल चौपारी युवा क्लब बरार्चौर पर्तव लाइ ३-० को सोझो सेटमा निकाल्दै उपाधी हात पारेको हो ।

बेस्टभ फाइभमा भएको फाइनल खेलमा गल्याङले बराचौरलाइ २५-१५, २५-१९ र २५-२० को सोझो सेटमा आफ्नो जित निकालेको हो ।

उपाधी सगै गल्याङ युवा क्लबले प्रथम पुरस्कार ६० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको बरार्चौर पर्वतले ४० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको थियो । त्यस्तै प्रतियोगितामा २ टिमले तेस्रो स्थान हासिल गरेको थियो । सरस्वती युथ क्लब लुङ्दी र मङोलियन युथ क्लब मरिमले नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

गण्डकी प्रदेशको स्याङ्जा, बागलुङ, पर्वत सहित ४२ टिमको सहभागिता रहेको कार्यक्रम सम्योजक बिक्रान्त श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा बेस्ट स्पाइक सरस्वती युथ क्लब लुङ्दीको लोचन आलेले प्राप्त गरेका छन ।

त्यस्तै बेस्ट ब्लकर बाग्लुङ खोलाखानी युवा क्लबका सुर्य जङ क्षेत्री, बेस्ट लिब्रो सित्तल चौपारी पर्वत बरार्चौरका सुदिप पुन, अनुसासित खेलाडी गल्याङका सुदिप राना र उत्कृष्ट खेलाडी गल्याङकै उमेश सेन्चुरीले प्राप्त गरेका छन । उनिहरुलाइ १ तोलाको चादिको मेडल प्रदान गरिएको खेल सम्योजक नवीन थापाले जानकारी दिए । भलिबल प्रतियोगिता सगै विभिन्न सास्कृतिक कार्यक्रममा क्लबको अध्यक्ष सुमोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको ल कार्यक्रमको संचालन बिक्रान्त श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : ४५ बजे

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ