१६ बैशाख २०८१, आइतबार | April 28, 2024

आइपिएल : चेन्‍नई र बेङ्गलोर विजेता



काठमाडौं । दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा साविक विजेता चेन्‍नई सुपर किङ्सले चौथो जित निकालेको छ ।

आइतबार मुम्बईमा चेन्‍नईले दिएको २०९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन बनाए । चेन्‍नईका मोइन अलीले सर्वाधिक ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्‍नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको योगफल तयार पारेकाे थियाे ।

चेन्‍नईका डेभोन कोन्वेले सर्वाधिक ८७ रन बनाए । दिल्लीका एन्रिच नोर्कियाले ३ विकेट लिए ।

जितसँगै चेन्‍नई ११ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा छ । दिल्ली ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ८ : ०२ बजे

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा