१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

उदयपुरमा ९८ वटा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था



उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय तहको निर्वाचनमा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । उदयपुरका १२ वटा मतदान स्थललाई अति संवेदनशील र ५० वटा संवेदनशील रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा वर्गीकरण गरी सुरक्षा थ्रेटलाई ख्याल गरेर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिएको छ । उदयपुरमा ३६ वटा मतदान स्थल मात्र सामान्य सूचीमा वर्गीकरण गरिएको छ ।

उदयपुरमा ९८ वटा मतदान स्थल अन्तर्गत २ सय ५८ वटा मतदान केन्द्र छन् । मतदान केन्द्रमा १ हजार ६ सय १६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘जिल्लाका सबै स्थानमा रिर्जभ फोस पनि परिचालन गरिएको छ । मतदान स्थलमा स्टाइकिङ् टोली पनि खटाइएको छ,’ प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले भने, ‘निर्वाचनलाई लक्षित गरेर केही समुहले निर्बाचन बहिष्कार लगायतका गतिविधीलाई पनि नियालेर सुरक्षा व्यवस्था पुरै कडाई गरिएको हो ।

उदयपुरमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलसहित अन्य स्वतन्त्र गरि १ हजार ४ सय ३२ जना उम्मेदवार चुनाबी प्रतिस्पर्धामा छन् । ती उम्मेदवारहरुलाई पनि सुरक्षा प्रदान गर्न सुरक्षाकर्मीले निगरानी राख्ने जानकारी दिए । यहाँ सुरक्षाको लागि नेपाल प्रहरीका ६ सय ११ जना, म्यादी प्रहरी १ हजार ५ जना, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘तीन घेरा सुरक्षा नीति अनुसार भित्री कोर टीममा नेपाल प्रहरीसँगै म्यादी प्रहरी, त्यसपछि सपोर्टिङ्मा सशस्त्र प्रहरी र बाहिरी घेरामा सेनाको टोली खटाइएको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादबले जानकारी दिए ।

निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन गर्नु पर्ने सम्पूर्ण काम सकिएको बताउँदै जिल्लामा चार तहमा सुरक्षाकर्मी परिचालन भइ सकेको प्रमुख जिल्ला अधिकरी यादवले जानकारी दिए । जिल्लामा अतिसंबेदनसिल र संबेदनसिल मतदान स्थलमा थप्प सुरक्षामा बम डिष्पोजल सहितको टोलीलाई परिचालन गरि तैनाथ गरिएको छ । स्थानीय निर्वाचन सफल बनाउन र उदयपुरको शान्ति सुरक्षा मजबुद बनाउनका लागि चौबिसै घण्टा सेना परिचालन गरिएको छ ।

 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ६ : ३६ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको