२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व



बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको किल्ला बनाउँदा योगदान गरेको पाल्पा तिनाउमा पर्ने नुवाकोट त्यस यता नै शुन्य र चर्चा देखि बाहिर रहँदै आएको थियो । सन २०७१-७२ मा अंग्रेज बिरुद्धको लडाईमा कर्णेल उजिसिंह थापाले आफ्नो किल्ला बनाएको नुवाकोट त्यस यता देखि गुमनाम जस्तै बनेको थियो । बुटवलको जितगढीले चर्चा पाएसँगै पाल्पाको तिनाउ गाउँपालिका २ मा पर्ने नुवाकोटको नाम पनि सँगसँगै चर्चामा रहन थालेको छ ।

सामान्शयतया नुवाकोट भन्दा गोरखा नुवाकोटका नामले मान्छेहरुले चिन्ने गरेको बुटवलबाट नजिकको दुरीमा रहेपनि पाल्पाको तिनाउ गाउँपालिका वडा नं २ मा रहको नुवाकोट केही बर्ष अघि सम्म गुमनाम थियो । खाली बुट्यान र बाँझो बारी, तत्काल नेपाल-अंग्रेज युद्धमा बनाइएका किल्लाका अवशेष, उजिरसिंहले बरदान मागेको मन्दिर र घना जङ्गल । नुवाकोटको पहिचान यत्तिमै सिमित रहेको थियो ।

बुटवलको बेलबासबाट उत्तरतर्फ लागेपछि पुगिने नुवाकोटमा न सडकको राम्रो व्यवस्था थियो, न नुवाकोट पुग्दा बस्ने कुनै पाटी पौवा । धुलाम्मे र साँघुरो सडक भएकाले १२ महिना सवारी गुड्न सक्दैनथे । हिँउदका केही महिना साना सवारी साधन मुस्किलले नुवाकोट सम्म पुग्दथे । नुवाकोटमा ०५५ साल सम्म सिमित खेतपातीहुने गरेपनि युवाहरु बिदेशिने र अन्य स्थानीयहरुको पनि बुटवल तर्फ बसाईसराई हुन थालेपछि विस्तारै जमिन बाझिन थाल्यो ।

गणतन्त्रको स्थापनापछि नेपाली सेनाले गढीहरुको खोज अनुसन्धानलाई अगाडी बढाएसँगै बुटवलको जितगढी र त्यसैको इतिहाससँग जोडिएको नुवाकोटको चर्चा चुलिन थालेको हो । कर्णेल उसिरसिंहको बिश्राम स्थल र युृद्धको रणनिती बनाउने थलोको इतिहास बोकेको नुवाकोट पछिल्लो समयमा एक नविन गन्तव्य र पर्यटकिय हवको रुपमा विकास हुन थालेको छ । बुटवलको झिलिमिलीको रात्रिकालिन दृष्य हेर्न होस् वा बुटवलको उखर्माउलो गर्मीको बिकल्पमा केही बेर चिसोमा रम्न । नुवाकोट आजभोली आन्तरिक पर्यटकको गन्तब्य बनेको छ ।

बुटवलको मणिमुकुन्द सेन उद्यान र बुटवल मावि गेटबाट पुरानो सिँढीको पैदलमार्ग करिब साढे दुई घण्टामा नुवाकोट पुग्न सकिन्छ । त्यस बाहेक बेलबास शान्तिचोकबाट ८ किलोमिटर पक्कीउकालो बाटोबाट पनि नुवोकाट पुग्न सकिन्छ । उता पाल्पाको दोभानबाट करिब ५ किलोमिटर ग्राभेल सडकबाट नुवाकोट पुग्न सकिन्छ।

अङ्ग्रेजलाई हराएका नेपाली सेनाको आश्रय स्थलदेखि प्राचीनपुर्खाहरूले नुनबोक्दा रेकर्ड राख्ने भन्सार डाँडाको इतिहास बोकेको नुवाकोटमा नुवाकोटगढी छ । तर नुवाकोटले बढि चर्चित यो स्थानइतिहास अध्ययनगर्ने स्थलमात्र होइन तराई हेर्ने डाँडाको रुपमापनिपरिचित छ ।

नेपाल-अङ्ग्रेज युद्धमा नेपालीवीरले अङ्ग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको सहायक गढी र गौतम बुद्धका पिता शुद्धोधनका गुरु ऋषिकाल देवलको आश्रम स्थलका लागि नुवाकोट प्रसिद्ध छ । नुवाकोटमा भगवती मन्दिर, भैरव कामना मन्दिर, खड्ग मन्दिर, राजा मणि मुकुन्द सेनको ग्रिष्मकालीन दरबारको भग्नावशेष, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरु ऋषिकालदेवल(आशुतोष)को आश्रम स्थल छ ।

नुवाकोटमा भ्यू प्वाईन्ट पनि छ । भ्यू प्वाईन्टबाट बसन्तपुर, शिद्धबाबा क्षेत्रको शिर, नागबेली डाँडाँकाडा, तिनाउ र सम्पूर्ण बुटवल शहरको मनमोहक दृश्यपनि देख्न सकिन्छ । यहि ऐतिहासिकता र पर्यटकिय सम्भावना बोकेको नुवाकोट पछिल्लो समय पर्यटकिय स्थलको रुपमा विकास हुँदै गएको छ ।

 

पछिल्लो समयमा नुवाकोटमा स्तरिय होटल सञ्चालनमाआएका छन् । नुवाकोटको होटल, रिसोर्ट तथा रेष्टुरेन्टहरुमा अहिले ग्राहकको भीड देख्न सकिन्छ । बुटवलको देउराली देखि नुवाकोट सम्मचल्ने सिद्धार्थ केवलकार पनि केही महिना मै सुरु हुँदैछ । यसले नुवाकोटको विकासमा ठूलो टेवापुग्ने विश्वास लिइएको छ ।

पर्यटन लक्षित नुवाकोटमा स्तरिय होटल सञ्चालनको लर्को नै लागेको छ । अहिले सम्म नुवाकोटमा २० भन्दा बढि साना ठुला होटल छन् । त्यसमा १ अर्बभन्दा बढि लगानी भइसकेको व्यवसायीहरु बताउँछन् । नुवाकोट गढी विकास समितिका अध्यक्ष माधव नेपाल नुवाकोटले अझै फड्को मार्ने गरी योजनाहरु कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । नुवाकोटमै सिद्धार्थ केवलकारको टिमले पाँचतारे होटल समेत निर्माण गर्ने योजना बनाएको उनले बताए ।

नुवाकोटमा अहिले खानेपानीको भने केही समस्या रहेको छ । यसको समधानका लागि लिफ्टिङ खानेपानी निर्माण सम्पन्न भईसकेको, तर बढ्दो जनघनत्वलाई यसले थेग्न नसक्ने भन्दै ओभरहेड टंकिको योजना अगाडि बढेको अध्यक्ष नेपालले बताए । ‘नुवाकोटमा धेरै सम्भावना छ । पछिल्लो ३/४ बर्षयतानुवाकोट जसरी ग्रोथ भएको छ । यसले आन्तरिक र बाह्यपर्यटनका लागि सम्भावना देखाएको छ’ उनले भने ।

नुवाकोट ऐतिहासिक र पर्यटकिय स्थल रहेको भन्दै यसको प्रचारप्रसारमा सरोकारवालाको ध्यानजान जरुरी रहेको उनले बताए । ‘बुटवलको जीतगढी संग जोडिएको नुवाकोट गढिलाई मात्रप्रचार गर्न सके यस क्षेत्रमा ठुलो संख्यामा आन्तरिक र बाह्यपर्यटन भित्राउन सकिन्छ । तर यसलाई प्रचार प्रसार गर्नुप¥यो’ उनले भने ।

लुम्बिनीमा आउने पर्यटकलाई नुवाकोट पुराउने योजना ल्याउन उनले सरकारसँग माग गरे ।

नुवाकोटको सुलभ बासस्थान नुवाकोटगढी रिसोर्ट :

नयाँ पर्यटकीय गन्तब्य बनेको पाल्पाको तिनाउ गाउँपालिका स्थित नुवाकोटमा आन्तरिक तथा बाहिय पर्यटकलाई लक्षित गर्दै नुवाकोटगढी रिसोर्ट सञ्चालनमा आएको छ । बुटवलका युवाहरु कृष्ण कुमाल र प्रतिक भट्टराईको संयुक्तल गानीमा नुवाकोटगढी रिसोर्ट सञ्चालनमा आएको हो । बुटवलबाट आधा घण्टाको दुरीमा सजिलै पुग्न सकिने रिसोर्ट समुन्द्र सतह देखि ९५० मिटर उचाईमा रहेको छ । बुटवलको उखर्माउलो गर्मीबाट राहत प्राप्त गर्न सकिने गरि सितलतामा रमाउन चाहनेहरुका लागि ती दुई युवाहरुले ९० लाखको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएका हुन ।

रिसोर्टले एग्रो फार्म पनि सञ्चालन गरेको छ । रिसोर्ट सञ्चालक कृष्ण कुमालले बुटवलको कोलाहलबाट केही टाढा रहेर रम्न चाहनेहरुका लागि आफुहरुले रिसोर्ट संचालन गरेको बताए ।

कुमालका अनुसार रिसोर्टबाट रात्रिकालिन बुटवल पूरा देख्न सकिन्छ । गाउँले परिवेश रहेको रिसोर्टमा गुन्द्रीमा पलेटी कसेर खानपिनमा रमाउन सकिन्छ । साथै घोडा सवार गर्न पनि रिसोर्टमा पाईने उनलेबताए । १० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमाहाल ८ वटा कोठा रहेका छन् ।

रिसोर्ट बाहिर क्याम्पियन फायर गर्ने व्यवस्था समेत छ भने १५ वटा सम्म टेन्ट राखेर बाहिरै ग्राहकले रात बिताउन सकिने गरि ब्यवस्था गरिएको छ ।

अहिले रिसोर्टमा दैनिक २० देखि ५० जना सम्म पाहुनाहरु आउने गरेको उनले बताए । रिसोर्टमा मौलिक परम्पराका बस्तुहरु राखिएको छ ।गुन्द्री, लान्टिन, डोका, थुम्सीले रिसोर्टलाई थप आर्कर्षित बनाएको छ । रिसोर्टका अर्का सञ्चालक प्रतिक भट्टराईले ग्राहकहरुलाई सन्तुष्ट दिने गरी आफुहरुले रिसोर्टमा नेपाली मौलिकतापन झल्काएको दाबी गरे । रिसोर्टमा ५ जनाले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १० : ५३ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s