२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

एक महिलासहित तीन पक्राउ



वीरगञ्ज । प्रहरीले मानव बेचबिखन तथा जबर्जस्ती करणी गरेको घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सङ्खुवासभा खाँदबारी नगरपालिका-१० घर भई हाल वीरगञ्ज महानगरपालिका-१६ मा कार्की होटल सञ्चालन गर्दै आएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की), मोरङ जिल्ला कटहरी गाउँँपालिका-४ घर भई हाल पर्सा वीरगञ्ज -८ बस्ने २५ वर्षीय सुरजकुमार साह, जुम्ला जिल्ला हेमा गाउँपालिका-३ बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी छन् ।

वीरगञ्ज-८ स्थित एउटा रेस्टुरामा काम गर्ने सुरजले जेठ ५ गते काठमाडौँ बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज ल्याएर बसपार्कस्थित एउटा होटलमा पटक-पटक करणी गरेको प्रहरीको आरोप छ ।

जेठ १० गते लक्ष्मीले युवतीलाई विवाह गर्छु भनेर झुक्याई हरिचन्द्रनाथको जिम्मा लगाएको प्रहरीको दाबी छ । वीरगञ्ज-१६ फूलबारी टोलमा डेरा गरी बस्ने हरिचन्द्रनाथले युवतीलाई कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटक-पटक जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ ।

जेठ १४ गते राति ९ बजे पीडित युवती सो स्थानबाट भागेर आफन्तको सम्पर्कमा पुगेपश्चात सो घटना बाहिर आएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले तीनै जनालाई जबर्जस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ८ : १३ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार