२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

बर्दियामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु



बर्दिया। सडक अवरुद्ध गरि आन्दोलन गरिरहेका आन्दोलनकारीबाट सडक खुलाउने क्रममा गोली प्रहार गर्दा बर्दियामा एकजनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर मधुवन नगरपालिका वडा नं २ बस्ने १८ वर्षीया नविना थारूको मुत्यु भएको हो ।

वन्यजन्तुको आक्रमण बढेको भन्दै बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रका आन्दोलनमा उत्रिएका स्थानीबासी माथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको हो । टाउकोमा प्रहरीले प्रहार गरेको गोली लागेको थारूको उपचारको लागि गुलरिया ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारूलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीयबासी आन्दोलित भएका थिए । उनीहरुले गुलरिया राजापुर सडक खण्ड अन्तर्गत ओराली बजारमा सडक बन्द गर्दै सुरक्षाको माग गरेका गरेका थिए । सडक बन्द खुलाउनका लागि भन्दै परिचालन गरिएको प्रहरीले आन्दोलनकारी माथि गोलि प्रहार गरेको स्थानीयबासीले बताएका छन् ।

सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी यस अघि मधुवन नगरपालिका–२ की कौसिला पालको मृत्यु भएको थियो । वन्यजन्तुको आक्रमण नरोकिएपछि र सरकारी निकायले खासै चासो नदेखाएपछि स्थानीयबासी सडक आन्दोलनमा उत्रिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताए । खाता क्षेत्रका बाघ स्थानान्तरण गरिनुपर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने स्थानीयको माग छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ९ : ३६ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित