२० मंसिर २०८२, शनिबार | December 6, 2025

निर्धारीत समयमै योजना सम्पन्न गर्न समितिलाई खेलकुद मन्त्रीको निर्देशन



काठमाडौ । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष तथा सदस्यलाई नियुक्ती पत्र प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष सुवास शाही र सदस्य कल्पना दियाकोटीलाई नियुक्ती पत्र प्रदान गरेका हुन् ।

नियुक्ती पत्र हस्तान्तरण गर्दै मन्त्री अथकले निर्धारित समयमै योजना सम्पन्न गर्ने गरी काम अगाडी बढाउन निर्देशन दिएका छन् । फाप्ला क्रिकेट मैदानका परिकल्पनाकारलाई नै सरकारले विकास समितिको अध्यक्ष बनाएको भन्दै मन्त्री अथकले सबै पक्षलाई समेटेर राष्ट्रकै गौरव गर्न लायकको संरचना बनाउन निर्देशन दिए । साथै मन्त्री अथकले समितिका नवनियुक्त पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना समेत दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास समितिको अध्यक्षमा शाही र दियाकोटीलाई सदस्यमा मनोनित गरेको थियो ।

फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९ बमोजिम ३ वर्षे कार्यकालकालागि शाहीलाई समितिको अध्यक्षमा नियुक्त गरीएको हो । क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि ९ सदस्यीय विकास समिति गठन गर्ने व्यवस्था छ ।

जसअन्तर्गत समितिको सदस्यमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन सदस्य रहने ब्यवस्था छ भनेसुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष समेत विकास समितिको सदस्य रहनेछन ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ५ : १३ बजे

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास