काठमाडौं । सांसदहरुले निजी क्षेत्रमैत्री नीति निर्माणमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रलाई काम गर्न बाधा नपुग्ने गरी नीति निर्माण गर्नेमा उनीहरुले प्रतिबद्धता जनाएका हुन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव नरहेको उल्लेख…