काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तान गर्न बाँकी रकम चाँडै उपलब्ध गराइने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग आज अर्थ मन्त्रालयमा कुरा गर्दै मन्त्री पौडेलले निर्माण व्यवसायीको भुक्तानी रोकिँदा सन्देश गलत गएको उल्लेख गरे । निर्माण व्यवसायीको रकम अविलम्ब भुक्तान गर्नेबारे विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका…