भैरहवा । केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योगले शुक्रबारदेखि उत्पादनमा वृद्धि गर्ने गरी थप लगानी भित्र्याएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढमा रहेको उद्योगले अत्याधुनिक मेशिन जडान गरि उत्पादन वृद्धि गरेको हो । विभिन्न आकार, मोटाइ तथा जीवन्त रङ्गहरूमा लेमिनेटेड शिशा, टिन्ड शीशा, इन्सुलेटेड शीशा, रीफ्लेक्टिभ शीशा लगायत उपलब्ध गराउँदै आएको…