बुटवल । नेपाली नयाँवर्षलाई प्रवर्द्धन गर्ने उद्देश्यले होटल पौवाले आफ्ना २ वटा शाखामा नयाँवर्ष विशेष साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ । पौवाको भैरहवा र बुटवल शाखामा विशेष नयाँवर्ष शुभारम्भ साँझ गरेर पौवाले नेपाली नयाँवर्षलाई स्वागत गरेको हो । भैरहवामा आयोजित शुभारम्भ २०८० साँझमा आधुनिक संगीतका चर्चित कलाकार शिव परियार र प्रकश दुतराजले आफ्ना लोकप्रिय गीतहरु…