५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

अर्थतन्त्रको अवस्था प्रचार भएजस्तो खराब नभएको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको अवस्था प्रचार भएजस्तो खराब नभएको बताएका छन् । ‘नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र भावी कार्यदिशा’ शीर्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रका चारवटै क्षेत्रमा क्रमशः सुधार हुँदै गएको बताए । उनले वास्तविक क्षेत्र, सार्वजनिक क्षेत्र, मौद्रिक क्षेत्र तथा बाह्य क्षेत्रमा सुधारका सङ्केत देखिन…