काठमाडौं । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव ४२ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ४७ दशमलव ८१ अङ्कमा कायम भएको छ । आज विभिन्न कम्पनीका दुई सय…