९ पुस २०८२, बुधबार | December 24, 2025

सर्वोच्चमा सिफारिस न्यायाधीश र न्यायपरिषद् सदस्यको सुनुवाइ सकियो

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशको सुनुवाइ सम्पन्न गरेको छ । यस्तै न्यायपरिषद्का एक सदस्यको पनि सुनुवाइ सकिएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्य महेश नेपालको सुनुवाइ गरेको हो । समितिले आइतबार सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको सुनुवाइ गरेको थियो…