काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद्मा दर्ता भएका सबै अध्यादेश प्रक्रियाबाट पारित हुने बताएका छन् । माओवादी सांसद वर्षमान पुनले सोधेको प्रश्नको जवाफ दिँदै सरकारलाई आवश्यक परेका बेला अध्यादेश ल्याउने अधिकार रहेको भन्दै आफ्नो पार्टीको सरकारका बेला ल्याउन खोजेको अध्यादेशबारे स्मरण गर्न आग्रह गरे । ओलीले भने, ‘अध्यादेश ल्याएर संसद्लाई किन होच्याएको भन्ने माननीयज्यूको प्रश्नको…