काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट 'जनतासँग माओवादी' अभियान चलाउने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने भएको हो । प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरिएको छ भने पार्टीले जितेका १ सय…