काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन चितवनमा गर्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । असोज पहिलो साता भएको राष्ट्रिय भेलाले पहिलो राष्ट्रिय महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरिसकेको थियो । चितवन रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र हो ।…