७ पुस २०८२, सोमबार | December 22, 2025

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

धनगढी। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रदेशसभामा आइतबार मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै छन् । कांग्रेस संसदीय दलको नेतासमेत रहेका शाहलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएको हो । शाहलाई नागरिक उन्मुक्तिसहित माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको…