काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले निमुखा जनताको पक्षमा राजनीति गर्न युवा वर्गलाई आग्रह गरेका छन् । १५३औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा शुक्रबार काठमाडौंको काँडाघारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निमुखा जनताको पक्षमा राजनीति गर्नुपर्ने भन्दै युवा वर्गलाई आग्रह गरेका हुन् । अहिंसाको बाटोबाट निमुखा जनताको पक्षमा राजनीति गर्नुपर्ने उनको भनाइ छ…