इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका विश्वव्यापी तेल संकटहरूको सम्झना दिलाउन थालेको छ। सन् १९७३ र १९७९ मा आएको तेल संकटले विश्वभर तेलको मूल्य आकासिएको, इन्धन अभाव भएको र सर्वसाधारणमा ठूलो चिन्ता फैलिएको थियो। पहिलो ठूलो तेल संकट सन् १९७३ मा सुरु भएको थियो। त्यसबेला अमेरिकाले इजरायललाई योम किपुर युद्धका क्रममा…