१ असार २०८३, सोमबार | June 15, 2026

बजेटका लागि स्रोत व्यवस्थापन गर्न सबैभन्दा ठूलो चुनौती छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौंमा आयोजना गरेको प्रि–बजेट छलफलमा उहाँले अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय र क्रमागत आयोजनाका लागि समेत स्रोत जुटाउन धौधौको अवस्था रहेकाले नयाँ आयोजनालाई कसरी बजेटमा पार्ने भनेर चुनौती रहेको बताएका हुन्…