२१ मंसिर २०८२, आइतबार | December 7, 2025

पौवा स्वाद-उत्सवको तयारी पुरा, देशभरका २ लाख बढी पाहुनालाई पौवाले स्वस्थकर परिकार चखाउँदै

नेपालगन्ज । होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा घोषणा गरेको स्वादउत्सवको तयारी पुरा भएको जनाएको छ । पौवा ब्यवस्थापनले नेपालगन्जमा आज पत्रकार भेटघाट गर्दै यही चैत्र २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वाद-उत्सवको तयारी पुरा भएको जनाएको हो । स्वाद-उत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने पत्रकार भेटघाटमा जानकारी दिइयो…