१३ भदौ २०८३, शनिबार | August 30, 2026

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

महानगरको १७औं नगरसभामा उपमेयर सुनिता डंगोलले बजेट प्रस्ताव प्रस्तुत गरेकी हुन्।

चालु आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बजेट ल्याएको थियो। आगामी वर्षको बजेटमा करिब ६ करोड रुपैयाँको वृद्धि गरिएको हो।

महानगरले हालसम्म चालु आर्थिक वर्षमा १० अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ।

यसअघि महानगरको राजस्व परामर्श समितिको बैठकले आगामी वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बजेट सीमा तोकेको थियो। सो बैठक मेयर  बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको थियो।

समितिले विभिन्न क्षेत्रगत बजेट सीमा पनि तोकेको छ। तीअनुसार :

  • आर्थिक विकास क्षेत्रमा: ३ प्रतिशत

  • कार्यालय सञ्चालन तथा प्रशासन क्षेत्रमा: १४ प्रतिशत

  • पूर्वाधार विकास क्षेत्रमा: ५१ प्रतिशत

  • सामाजिक विकास क्षेत्रमा: २० प्रतिशत

  • सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रहरूमा: १२ प्रतिशत बजेट विनियोजन गरिने प्रस्ताव छ।

यो बजेटले काठमाडौंको पूर्वाधार, सामाजिक सेवा, प्रशासनिक सुधार र समग्र विकासमा ध्यान केन्द्रित गरेको छ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ४ : २२ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ