काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ । शुक्रबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका एमाले सांसदहरु अहिले रोष्ट्रम घेरेर नाराबाजी गरेका थिए । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भनेर पित्तलको राखेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप सत्तापक्षका सांसदले लगाएको भन्दै…