झापा । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नुवाकोटको शेरा दरबार प्रकरणमा पार्टीलाइ जोडेकोमा आपत्ति जनाएका छन् । बिगत १२–१५ वर्षअघि नै पार्टी छाडेका व्यक्तिसँग जोडेर नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टी नेतृत्वलाई जोड्ने प्रयास गरेको भन्दै यसप्रति प्रचण्डले आपत्ति जनाएका हुन् । झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन प्रचण्डले भने, ‘हाम्रो…