काठमाडौं । काठमाडौं-दाङ बागमती प्रदेश-००३-००१ ख २८३४ नं को बस चलाउँदै आएका दाङ घोराही उपमहानगरपालिका-२ का २८ वर्षीय अरविन्द चौधरीलाई आज मजदुर दिवस हो भन्ने थाहा भए पनि मनाउने फुर्सद छैन । अठार वर्षदेखि सवारी चालक रहँदै आएका उनलाई दिवस, नारा र नेताका भाषणभन्दा आफ्नै काम प्यारो लाग्छ । आफ्नो परिश्रममा विश्वास गर्ने उनी कामअनुसार…