काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहितको शिर्ष चार दलको बैठक सकिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने आफ्नो अडान कायम राख्दै संसद अवरोध गर्ने बताएपछि बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा सत्तारुढ दल माओवादी केन्द्र, एमाले र रास्वपाले भने संसदीय समिति…