काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जापानी विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । एक दिने नेपाल भ्रमणमा आएकी जापानी विदेशमन्त्रीसँगको भेटवार्तामा दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री आज काठमाडौं आएकी हुन् । उनले आजै काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन भ्रमण गरेकी थिइन् ।…