बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा कुनै दलको एकल बहुमत नआउनु मुलुककोलागि दुर्भाग्य भएको बताएका छन् । निर्वाचनमा विजयी भएपछि पहिलोपटक पत्रकारहरुबीच आएका उपाध्यक्ष पौडेलले एमाले बाहेकका दलले भएपनि एकल बहुमत आएको भए राम्रो हुने बताए । उनले एमालेको राजनीतिक स्थायीत्वको एजेण्डा सफल नभएको उल्लेख गर्दै एमालेको नेतृत्व बिना देशले निकास नपानउने दाबी गरे…