बुटवल। समयको चक्रसँगै राजनीति पनि रूपान्तरणको चरणमा छ। परम्परागत अनुहार र शैलीका बीच अब अनुसन्धान, प्रविधि र व्यवस्थापनको अनुभव बोकेका नयाँ पुस्ताका पात्रहरू जनमतको अदालतमा उभिन थालेका छन्। रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा यस्तै एक नाम हो - सुरज पाण्डे। पेशाले इन्जिनियर, कर्मले उद्योगी र सोचले परिवर्तनकामी अभियन्ता पाण्डे अहिले राजनीतिक यात्राको नयाँ मोडमा…