खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका पूर्व अध्यक्ष किस्मत कुमार कक्षपतीले केन्द्रीय सदस्यका लागि उम्मेवारी दर्ता गराएका छन् । उनले लुम्बिनी प्रदेशबाट जनजाति क्लस्टरको खुल्लातर्फ उम्मेदवारी दर्ता गराएका हुन् । बाँकेको खजुरा गाउँपालिबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजय भई गाउँपालिकाको संस्थापक अध्यक्ष भएर काम गरेका उनी एमाले लुम्बिनी प्रदेश समितिका…