बुटवल । भारतबाट घुम्न आएका एक किशोरको तिनाउ नदीको ड्याममा डुबेर मृत्यु भएको छ । आज मध्यान्ह तिनाउको ड्याममा पौडी खेल्न गएका भारत गोरखपुर थाना, सैजन्वा रङ्गौलिग्रामका अन्दाजी १५ बर्षिय आर्यन कुमारको तिनाउमा डुबेर मृत्यु भएको हो । परिवारका सदस्य र साथीहरुसहित घुम्न आएका आर्यन मध्यान्ह २ बजे तिनाउको ड्याममा पौडी खेल्न गएका थिए ।…