९ श्रावण २०८३, शनिबार | July 25, 2026

ओलीको एमाले जोगाउन संसद् विघटन गरेँ भन्ने अभिव्यक्ति सामान्य होइन- महासचिव भुसाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा कालिन बेलामा प्रधानमन्त्री पद जोगाउनको लागि पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।

पार्टीले आइतबार आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति विषयक’ कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले ओलीले नै एमाले जोगाउनको लागि संसद् विघटन गर्नुपरेको भनेर दिएको अभिव्यक्ति सामान्य नभएको टिप्पणी गरेका छन् ।

उनले भने- ‘एकजना कम्युनिस्ट पार्टीका नेताले हिजो मात्रै संसद विघटन गरेर एमाले जोगाएँ भनेका छन् । यो सामान्य कुरा होइन । कम्युनिस्ट पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद विघटन गर्ने कुरा सामान्य होइन । उनले पार्टी जोगाउन संसद,प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याउनुभयो र त्यसमा गर्व गर्दै हुनुहुन्छ ।’

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ४ : ५४ बजे

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक