७ पुस २०८२, सोमबार | December 22, 2025

दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

दाङ । दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्युभएको छ । आज साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । टिनले छाएको एककोठे घरमा खत्रीसँगै रहेकी उहाँकी श्रीमतिले भने भागेर ज्यान जोगाएकी छन् ।