२६ बैशाख २०८३, शनिबार | May 9, 2026

निर्वाचनको दिन आउन ७ दिन बाँकी रहँदा तालाबन्दी प्रति पत्रकार महासंघको ध्यानाकर्षण



नेपालगन्ज । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले महासंघको केन्द्र, प्रदेश र शाखाको निर्वाचनको मिति तोकेको दिन आउन ७ दिन मात्र बाँकी रहँदा सम्म पनि महासंघको केन्द्रीय कार्यालयका लागेको ताला खुल्न सकेको छैन । निर्वाचनको मिति आउन ७ दिन मात्र बाँकी रहँदा महासंघ अध्यक्ष बिपुल पोखरेलले केन्दीय कार्यालयमा लागेको तालाबन्दी प्रति ध्यानजाकर्षण भएको जनाएका छन् ।

केन्द्रीय अध्यक्ष पोखरेलले आज विज्ञप्ति प्रकाशित गर्दै मतदाता नामावली प्रकाशित नहुँदै केन्द्रीय कार्यालयमा तालाबन्दी भएकोमा केन्द्रीय समितिको ध्यानाकर्षण भएको जनाएका हुन् । उनले हालसम्म महासंघले मतदाताको आधिकारिक सूची प्रकाशित नगरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा उनले लेखेका छन्, – ‘निर्वाचन समितिमार्फत् प्रकाशित हुने मतदाता नामावलीमा त्रुटि सच्याउने तथा छुटेका पत्रकारहरूको नाम समेट्न सकिने भएकाले केन्द्रीय कार्यालयमा गरिएको तालावन्दी खोलेर तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माणका लागि आग्रह गर्दछौं ।’

असहमतिलाई वार्ता र सम्वादमार्फत् समाधान गर्न सकिने भएकोले चुनावको वातावरण निर्माणमा सम्वेदनशील बन्न अध्यक्ष पोखरेलले सबैलाई आग्रह समेत गरेका छन् ।

महासंघले यस अघि महासंघको नयाँ नेतृत्वका लागि केन्द्र, प्रदेश र शाखाहरुको नयाँ नेतृत्वका लागि जेठ २६ गते निर्वाचनको मिति ताकेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  २ : ४५ बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप