काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल तामझाम बिना नै सामान्य रुपमा सङ्घीय संसद् भवन पुगेका छन् । उनको सवारी अन्य अवस्थाको जस्तै सामान्य भएको सुरक्षा निकायले जनाएको छ । राष्ट्रपति पौडेलको सवारी आज नयाँ वानेश्वरबाट मात्रै ‘घोडसवार फौज’ सहितको ‘कारगेड’ भएको छ । उनलाई संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे…