२ पुस २०८२, बुधबार | December 17, 2025

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान मृत अवस्थामा फेला परेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तरगत मैनाबगरदेखि पश्चिमतर्फ अवस्थित पाखापानीमा रहेको कल्भर्टमुनि अन्दाजी ४०/४१ वर्षीय सन्तोष नेपाली रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्। बिहीबार बिहान ११ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।…