२ पुस २०८२, बुधबार | December 17, 2025

अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र दिने सेवा तीन घण्टा अवरुद्ध हुने

काठमाडौं । नेपाल प्रहरीले आज तीन घण्टा अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र प्रणाली अवरुद्ध हुने जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आज साँझ साढे ५ बजेदेखि साढे ८ बजेसम्म प्राविधिक मर्मत सम्भारका कारण सेवा अवरुद्ध हुने भएको हो । प्रहरीले अनलाइनमा प्रहरी चारित्रिक प्रमाण पत्र दिदै आएको छ ।