काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ । टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसंगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिंग गर्ने भएको छ ।