२४ माघ २०८२, शनिबार | February 8, 2026

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक सांसद बनेकी हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शुक्रबार संसद् सचिवालयमा सभामुख घिमिरेले जसपाबाट समानुपातिक सांसद बनेकी हसिनालाई शपथ गराएका हुन् । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी हसिनाको नाम सिफारिस गरेको थियो ।