काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । नेकपा माओवादी केन्द्रसँग सत्ता सहकार्य सुरू गरेको एमालेले पछिल्लो समयमा बिकसित राजनीतिक घटनाका बारेमा छलफल गर्न बैठक बसेको हो । पार्टी मुख्यालय च्यासल, ललितपुरमा जारी बैठकमा सरकारमा भावी कामकारबाहीको तथा नीति निर्माण तय गर्ने प्रमुख एजेण्डामा छलफल चलिरहेको छ ।