१७ बैशाख २०८१, सोमबार | April 30, 2024

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९१ दशमलव ७१ मा सिमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन सय ५३ दशमलव ५१ मा सिमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

नेप्सेका अनुसार कूल ५४ लाख ७१ हजार ६८ कित्ता शेयर रु दुई अर्ब १० करोड ३० लाख १९ हजार दुई सय १८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ५९ लाख ७८ हजार एक सय ६३ बराबरको कारोबार भएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स रु सात करोड ४३ लाख ५३ हजार पाँच सय ७२, पोखरा फाइनान्स रु छ करोड ६८ लाख ९८ हजार दुई सय १४, सर्वोत्तम सिमेन्ट रु चार करोड ५९ लाख ८१ हजार चार सय ३४ र शिवम् सिमेन्ट रु चार करोड ४७ लाख ४३ हजार सात सय सात बराबर कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

एसबिएस ऋणपत्र नौ दशमलव ९९, गोर्खाज फाइनान्स नौ दशमलव ९६, सिभिल बैंकको ऋणपत्र आठ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक पाँच दशमलव शून्य दुई र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव शून्य चार प्रतिशतले कमाएका नेप्सेले जनाएको छ ।

त्यस्तै, रुरु जलविद्युत् परियोजना १०, पोखरा फाइनान्स छ दशमलव ७४, सिवाइसी नेपाल लघुवित्त छ दशमलव ५०, डोल्टी पावर पाँच दशमलव ६० र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले पाँच दशमलव शून्य छ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ३ : ५१ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल