काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन प्रचार तथा आर्थिक सङ्कलनका लागि सोमबार सांस्कृतिक साँझ आयोजना हुने भएको छ । पार्टी निकट जनसांस्कृतिक महासङ्घले राष्ट्रिय नाचघरमा आयोजना गर्ने सांस्कृतिक साँझमा राष्ट्रिय कलाकारहरुको सहभागितामा विभिन्न गीत, नृत्य तथा साङ्गीतिक रचना प्रस्तुत गर्न लागिएको महासचिव ऋषि अधिकारीले जानकारी दिए । यही असार १६ देखि…