बुटवल । नेपाल प्रहरीले बुटवलबाट करिब १३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । पुस २६ गते वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका-९ स्थित ईँटाभट्टी क्षेत्रबाट भन्सार छली गरी ल्याइएको सामान नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार सडक…