११ चैत्र २०८२, बुधबार | March 25, 2026

कपिलवस्तुको वाणगंगाबाट पाँच जुवाडेसहित होटल सञ्चालक पक्राउ, २ लाख ५६ हजार नगद बरामद

बुटवल । कपिलवस्तुको वाणगंगा नगरपालिका-१० भावपुरबाट जुवा खेलिरहेका पाँच जना जुवाडे र एक होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पिपराका अनुसार उनीहरूको साथबाट २ लाख ५६ हजार २ सय ९० रुपैयाँ नगद, ६ थान मोबाइल सेट र ३ गड्डी तास बरामद गरिएको छ । प्रहरीका अनुसार स्थानीय दिनेश थारुले सञ्चालन गरेको…