काठमाडौं । नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र श्रेष्ठले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले शीर्ष नेतृत्वको अनुपस्थितिप्रति कटाक्षसमेत गरे । श्रेष्ठले आजको उद्घाटनसत्रमा समय अभावका कारण उपस्थित हुन नसकेको हुनसक्ने भन्दै भोलि हुने बन्दसत्रमा सहभागी…